स्वास्थ्यमन्त्री यादव पुगे बाढी प्रभावित क्षेत्रमा
काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव निरीक्षणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बुधबार मन्त्री यादवसहित गृहमन्त्री राम बहादुर थापा, सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहितको उच्च स्तरीय टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।
मन्त्री यादवसहितको टोलीले सप्तरी, रौतहट, जनकपुर लगायतका बाढी पीडितलाई भेटेर उनीहरुको समस्याबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायतका क्षेत्र डुबानमा परेका छन्। जसले गर्दा कयाैं स्वास्थ्य संस्थाहरु समेत प्रभावित भएका छन् ।
बाढीपछि देखिन सक्ने महामारीलाइ कसरी राेक्ने भन्ने विषयमा जनकपुरमा सरोकारवालासँग छलफल समेत भएको मन्त्री यादवका प्रेस संयाेजक महेश चौरासियाले बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?