स्वास्थ्यमा अझै २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीको समायोजन बाँकी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले ठुलो संख्यामा रहेका स्वास्थ्यकर्मीको समायोजनमा अझै समस्या भएको बताएका छन्।
श्रेष्ठले बुधबार हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै सबैभन्दा बढी संख्यामा रहेका अहेब, अनमी र हेल्थ असिस्टेन्टको समायोजनमा धेरै नै समस्या भएकाले केही समय अझै लाग्ने बताए ।
उनले लगातारको वर्षाका कारण गएको बाढीले गर्दा समायोजनलाई अहिलेलाई थाँती राखेर बाढी पीडितको उद्धार र उपचारमा केन्द्रित रहेकोे पनि जानकारी दिए । उनले भने,’तत्काल केही दिनका लागि हामी समायोजन भन्दा पनि विपतमा परेकालाई उपचार तर्फ लागेका छौं, त्यसैले केही समय लम्बिने भएको छ ।’
मन्त्रालयको रेकर्ड अनुसार कार्यरत अहेब ८ हजार, अनमी ८ हजार भन्दा बढी, हेल्थ असिस्टेन्ट ४५ सय र स्टाफ नर्स दुई हजार रहेका छन्। उनीहरु सबैको समायोजन बाँकी नै छ ।
यस हिसाबले स्वास्थ्यमा अझै २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीको समायोजन बाँकी छ । बाढीका कारण समायोजन तत्कालका लागि रोकिएकाले उनीहरुको समायोजन हुन अझै दुई महिना जति लाग्न सक्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?