चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान गरेको छ। पुरानो दरखास्त अयोग्य भएको भन्दै उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले यसअघि आवेदन हालेका ६ जनाको दरखास्त रद्ध गरेको हो।
सिफारिस समितिले असार ९ गते पहिलो पटक आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । जसमा छ जनाले दरखास्त हालेका थिए । सो सूचनामा उपाध्यक्षमा दरखास्त आव्हान गर्नका लागि ६१ वर्ष ननाघेको हुनुपर्ने सीमा निर्धारण गरिएको थियो । तर, पुनः आव्हान गरिएको दरखास्तमा ४५ वर्ष पूरा भै ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।
यसअघि आवेदन दिनेमा डा निलमणि उपाध्याय, डा श्रीकृष्ण गिरी, डा.प्रमोद शर्मा, डा पारस पोखरेल, डा निलाम्बर झा र डा रमेश सिंह थिए ।
नयाँ सूचना अनुसार साउन १५ गतेसम्म उपाध्यक्षका लागि इच्छुक उम्मेदवारले आवश्यक प्रक्रिया पुरा गरी दरखास्त हाल्न सक्नेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?