‘बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य सरुवा रोग फैलिएको छैन’
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य कुनै पनि सरुवा रोग नफैलिएको स्पष्ट पारेको छ।
मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन एकाइ प्रमुख चूडामणि भण्डारीले तराईलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूबाट कुनै किसिमको रोग फैलिएको भन्ने जानकारी प्राप्त नभएको बताए।
मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रोग लाग्न सक्ने सम्भावनालाई ध्यान दिई स्वास्थ्य र सरसफाइ, जनचेतनासम्बन्धी कार्य सुरु गरिसकेको उनले जानकारी दिए।
भण्डारीले स्वास्थ्य मन्त्रालयबाट चिकित्सकसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर जनचेतना, स्वास्थ्य तथा सरसफाइसम्बन्धी काम सुरु गरिसकेको दाबी गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?