सर्पदंश उपचार केन्द्रलाई उपकरण
महोत्तरी : बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेको छ। उपचारमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन्।
केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आईसीयू साइडबेड मनिटर र आईसीयू बेडसहित तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ। बैंकको सामाजिक कोषअन्तर्गत यी उपकरण उपलब्ध गराइएको बैंकका प्रदेश–२ का मुख्य प्रबन्धक उज्ज्वल घिमिरेले जानकारी दिए।
यी उपकरणले गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार अब सहज हुने भएको छ । यी उपकरणकै अभावमा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए।
यसअघि गत वर्ष असारमै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) को सहयोगमा दैनिक ७.२ युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएको थियो। सौर्य ऊर्जाले प्रकाश र अत्यावश्यक औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ।
२०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करिब तीन हजारले उपचार सेवा लिइसकेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित