डुबान क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि, अपनाउनुस् सतर्कता
काठमाडौं : वर्षासँगै विशेषगरी तराई मधेश क्षेत्रमा सर्पदंशका घटना बढेकाे छ।
खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगको उच्च जोखिम रहने उनीहरूको भनाइ छ।
बर्खायामका बेला सर्पहरू पानीबाट निस्केर बाहिर आउने हुनाले अरू बेलाको तुलनामा अझ बढी सजग हुनुपर्ने बताइन्छ। सर्पले टोकेको एक घण्टाभित्र अस्पताल पुर्याउन नसके बिरामीको ज्यान तलमाथि हुनसक्ने सम्भावना बढ्ने भएकोले अस्पताल पुर्याउनुपर्ने सरूवाराेग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।
पुनका अनुसार विषालु सर्पको प्रकार अनुसार तिनले टोकेपछि ढिलो वा चाँडो लक्षण देखिने भएकाले तत्काल अस्पताल गइहाल्नुपर्ने उनी बताउँछन्।
कसरी बच्ने?
राति वा दिउँसो सुत्दा झुलभित्र सुत्ने,
घरमा सर्प लुक्ने सक्ने ठाउँको पहिचान गर्ने,
राति हिँड्दा टर्च बालेर हिँड्ने,
सर्पले टोकिसकेपछि जतिसक्दो चाँडो बिरामीलाई अस्पताल पुर्याउने।
सरूवाराेग विशेषज्ञ डा. पुनका अनुसार वर्षायाममा सर्पदंशका साथै पानीजन्य सरुवा रोगको सङ्क्रमण फैलने सम्भावना बढी हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?