डडेल्धुरा अस्पतालका चिकित्सक काममा फर्किँदै
डडेल्धुरा : काममा असुरक्षा भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सक काममा फर्किने भएका छन्। उनीहरू सोमबार साँझसम्म अस्पताल आइपुग्ने भएका हुन्।
चिकित्सकलाई हातपात गर्ने व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयले कारबाही प्रक्रिया अघि बढाएसँगै चिकित्सक जिल्ला फर्किन राजी भएका हुन् ।
डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि हातपात गरिएको भन्दै जिल्ला अस्पतालमा कार्यरत ९ चिकित्सक शुक्रबार जिल्ला छाडी धनगढीमा बसिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कारबाही अघि बढाएपछि आफूहरु जिल्ला फर्किएको एक चिकित्सकले बताए।
प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरी चिकित्सकलाई दुर्व्यवहार गरेको भन्दै कारबाही अघि बढाएको जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?