प्रदेश २ का बाढीप्रभावित क्षेत्रमा संघले पठायो स्वास्थ्यका तीन टोली
काठमाडौं प्रदेश २ का बाढीप्रभावित क्षेत्रमा संघीय स्वास्थ्य मन्त्रालयले चिकित्सकसहितको टोली पठाउने भएको छ।
आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले बाढी प्रभावित क्षेत्र पथलैया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा टोली खटाउने निर्णय गरेको हो।
टोलीमा मेडिकल अधिकृतसहित तीन जना रहने स्वास्थ्य आपत्तकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख चूडामणि भण्डारीले जानकारी दिए।
पथलैया समन्वय केन्द्रले बारा, पर्सा र रौतहट र बर्दिवास समन्वय केन्द्रले सर्लाही, महोत्तरी र धनुषा क्षेत्रको सम्पूर्ण स्वास्थ्य अवस्था अध्ययन गरी केन्द्रमा रिपोर्टिङ गर्ने छन्। यस्तै लहान समन्वय केन्द्रले सिरहा र सप्तरी बसेर पठाएको रिपोर्ट अनुसार योजना बनाइने इकाइ प्रमुख भण्डारीले बताए।
यस्तै, ती समन्वय केन्द्रलाई प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर परिचालनत गरिने भएको छ। समन्वय केन्द्रका लागि स्वास्थ्य सेवा विभागले संयोजन गरी सोमबारै त्यस क्षेत्रमा पठाउने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?