Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

होटल तथा रेष्टुरेन्टमा प्राथमिक उपचार सामग्री

होटल तथा रेष्टुरेन्टमा प्राथमिक उपचार सामग्री

बागलुङ : होटल तथा रेस्टुरेन्टमा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन्। सदरमुकाम बागलुङ बजारका होटल तथा रेस्टुरेन्टले काम गर्ने मजदुर र सेवाग्राहीलाई लक्ष्य गरी प्राथमिक उपचारको व्यवस्था गरेका हुन्।

होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरूले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका छन्। होटलमा आउने पाहुना र पर्यटकको सहजता र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्नका निम्ति होटल तथा रेस्टुरेन्टमा ‘फस्ट एड बक्स’ राखेको होटल तथा रेष्टुराँ व्यवसायी समिति अध्यक्ष निलेश राजभण्डारीले बताए।

काठमाडौँको वेलनेस टिमले बागलुङका दुई दर्जन होटल र रेस्टुरेन्टमा प्राथमिक उपचारको व्यवस्था गरेको वेलनेस टिमका अध्यक्ष नितु खड्काले बताइन्।

स्वास्थ्य संस्था नभएको ठाउँ तथा तत्काल प्राथमिक उपचार गर्ने समयमा ‘फस्ट एड बक्स’ले निकै सहज पुग्ने भएपछि बागलुङबाट शुरुआत गरिएको वेलनेस टिमले जनाएको छ । प्राथमिक उपचारका लागि आवश्यक पर्ने १६ औषधि तथा औजार बक्समा रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि