बाढी पीडितको उपचारमा लाग्न चिकित्सक संघको अपिल
काठमाडौं: नेपाल चिकित्सक संघले बाढी, पहिरोको कारण डुवानका परेका क्षेत्रमा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर बाढी पहिरोबाट आउन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रणमा लाग्न अपिल गरेको छ । यसका साथै बाढी पीडितलाई हुने स्वास्थ्य समस्याको समाधानका लागि सक्रियताका साथ जुट्न समेत संघले अपिल गरेको छ ।
यसका साथै संघले सरकारसँग बाढीका कारण प्रभावितको यथाशिघ्र उद्धार गर्न एवम नदी किनारका बासिन्दाहरुलाई सुरक्षित ठाउँतर्फ स्थानान्तरण गर्न, उनीहरुलाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवन यापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत माग गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य