Health TV Online
Health TV Online

बाढी पीडितको उपचारमा लाग्न चिकित्सक संघको अपिल

बाढी पीडितको उपचारमा लाग्न चिकित्सक संघको अपिल

काठमाडौं:  नेपाल चिकित्सक संघले बाढी, पहिरोको कारण डुवानका परेका क्षेत्रमा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर बाढी पहिरोबाट आउन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रणमा लाग्न अपिल गरेको छ । यसका साथै बाढी पीडितलाई हुने स्वास्थ्य समस्याको समाधानका लागि सक्रियताका साथ जुट्न समेत संघले अपिल गरेको छ ।

यसका साथै संघले सरकारसँग बाढीका कारण प्रभावितको यथाशिघ्र उद्धार गर्न एवम नदी किनारका बासिन्दाहरुलाई सुरक्षित ठाउँतर्फ स्थानान्तरण गर्न, उनीहरुलाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवन यापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत माग गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार