Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प

डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प

डडेल्धुरा : सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सक सेवा बन्द गरी बस्दा बिरामीहरू मारमा परेका छन्।

चिकित्सकमाथि पटक–पटक आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत चिकित्सकहरूले बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन्।

आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि सेवाग्राहीले अहिले सास्ती भोगिरहेका लालिका दार्चुलाका मनोज नेपालीले बताए।

चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिने भन्दै अस्पतालको सेवा पुनः सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आग्रह गरेका छन्।

पटक–पटक आक्रमण हुँदा स्थानीय प्रशासनबाट कुनै सुरक्षा नपाएका कारण आफूहरु काममा फर्किन नसक्ने अस्पतालका चिकित्सक डा. जीवन खरेलले बताए।

गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोलीले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन