विपदका बेला चाहिने अत्यावश्यक औषधि तथा अन्य स्वास्थ्य सहयोगका लागि तोकिए सम्पर्क व्यक्ति
काठमाडौं: स्वास्थ्य मन्त्रालयले केही दिनदेखिको लगातारको वर्षाले बाढी पहिरोका कारण आउन सक्ने महामारीजन्य रोग नियन्त्रण गर्न एवम विपदका बेला चाहिने स्वास्थ्य सेवाको ब्यवस्थापनका लागि भन्दै सम्पर्क ब्यक्ति तोकेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद ब्यवस्थापन इकाइ प्रमुख चुडामणी भण्डारीले विज्ञप्ति जारी गर्दै सबै निकायलाई विपदका बेला तयारी अवस्थामा रहन आग्रह गरेका छन्। यसका साथै सातै प्रदेश एवम संघ गरी ११ जना सम्पर्क ब्यक्तिको नाम र नंबर पनि विज्ञप्ति पत्रमा उल्लेख छ ।
पत्रमा अविरल वर्षा पछि आउन सक्ने विपद व्यवस्थापन र विभिन्न खालका माहामारी जन्य रोगहरुको न्यूनीकरणको लागि कुनै पनि खालका समस्याहरु परेमा सम्बन्धित व्यक्तिहररुलाई सम्पर्क गर्न सकिने उल्लेख छ ।
सम्पर्क गर्न सकिने ब्यक्तिहरुमा संघमा डा. दिपेन्द्र रमण सिंह, चुडामणि भण्डारी, डा. विवेक कुमार लाल, डा. प्रकाश शाह छन भने प्रदेश १ मा केशु काफ्ले, प्रदेश २ मा विजय कुमार झा, प्रदेश ३ मा गोपाल बजगाईं, गण्डकी प्रदेशमा डा. भोजराज गौतम, प्रदेश ५ मा डा. उमा शंकर चौधरी, कर्णाली प्रदेशमा चेतन निधि वाग्ले र सुदुरपश्चिम प्रदेशमा रमेश मलाशी रहेका छन्।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य