प्रधानमन्त्री ओलीद्धारा प्रसूतिगृहको नयाँ भवन उद्घाटन
काठमाडाैं : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघा्टन गरेका छन्।
जापान सरकारको सहयोगमा निर्माण भएको प्रसूति तथा स्त्री रोग अस्पतालको उक्त नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जापान सरकारले नेपाललाई ठूलो सहयोग गरेको बताए । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले अस्पतालको भवनमा क्षति पुराएपछि सेवा प्रभावित हुँदै आएको थियो । १४ महिनामा वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको नयाँ भवन जापान सरकारको जाइकाले सरकारलाई हस्तान्तरण गरेको हो । दुबै अस्पतालको भवनको उदघा्टन आज भएको छ ।
यी दुबै भवन निर्माणको लागि २ अरब २६ करोड लागेको जनाइएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रसूतिगृहले महिला तथा बालबालिकाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । उता पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएको स्वास्थ्य संस्था निर्माणको काम अहिले सम्म ५४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । १ हजार ९ सय २८ वटा स्वास्थ्य संस्थामा भूकम्पबाट क्षति पुगेको पनि उनले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित