ब्रेन ट्युमर रोगबाट पीडित भुसाललाई सहयोग
पाल्पा : ब्रेन ट्युमर रोगबाट पीडित एक युवकलाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन्। बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन् ।
सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका रामप्रसाद बस्याल, विष्णु बस्याललगायत प्रवासी युवा मिलेर दुई लाख एक हजार ७७३ रुपैयाँ पीडित भुसाललाई सहयोग गर्नुभएको हो।
भुसालको उपचारमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनका सञ्चालक ज्ञानु कार्कीबाट चार हजार गरी दुई लाख १० हजार ७७३ रुपैयाँ सहयोग जुटेको हो।
भुसालको अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ। सो रकम बिहीबार पीडित परिवारलाई अध्यक्ष बस्यालले हस्तान्तरण गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?