डोल्पामा नियन्त्रणमा आएन टाइफाइड
डोल्पा जिल्लामा एक सातादेखि फैलिएको टाइफाइड नियन्त्रणमा आउन सकेको छैन।
बिरामीको चाप बढेपछि १५ शय्याको जिल्ला अस्पतालमा २५ जनाको उपचार भइरहेको छ। केही दिनअघि २१ जना बिरामी रहेको अस्पतालमा अहिले २५ जना बिरामी छन्।
पछिल्लो केही दिनदेखि दैनिक पाँच जना बिरामी उपचारका आउने गरेका छन्। तीमध्ये दुई तीन जना भर्ना गर्नु परेको डा. रावलले जानकारी दिए।
बिरामीमध्ये अधिकांश ठूलीभेरी नगरपालिका–२ र ३ का छन्। अस्पतालमा पर्याप्त शय्या नहुँदा १५ जनालाई श डमा र दश जनालाइ भुइँमै राखेर उपचार गराइरहेको डा. रावलले जानकारी दिए। शय्या नहुँदा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूका अनुसार शय्या ल्याएर बिरामीका लागि प्रयोग गरिएको छ।
टाइफाइडको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको बताए। याे विषाययमा प्रदेश, केन्द्रमा समेत जानकारी गराइसकिएको डा. रावलले बताए। टाइफाइड फैलिन नदिन स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?