पहिराेका कारण बिचमै राेकिन्छन् बिरामी बाेकेका एम्बुलेन्स
पाल्पा : रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने कच्ची सडकमा पहिरो खस्दा आवतजावतमा कठिनाइ बनेको छ। रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हुँदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको हाे।
जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ। रामपुरका राजेन्द्रप्रसाद लम्सालले एम्बुलेन्समा बिरामी राखेर काठमाडौंं लैजाँदै गर्दा पहिरोले रोकिनुपरेको बताए।
बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करिब तीन घण्टा रोकिनुपरेको उनको भनाइ छ।
सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नगर्दा अकालमै मानिसको ज्यान जान सक्ने भएकाले ध्यान दिन सर्वसाधारणले आग्रह गरेका छन्।
रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा करिब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?