चिकित्सकको परामर्श शुल्क बढ्दै
काठमाडौं : नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरूको परामर्श शुल्क वृद्धि हुने भएको छ। सरकारलाई शुल्क पुनरावलोकनको सिफारिस गर्नका लागि बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघ (एनएमए) काे उपस्थितिमा पुनरावलोकन सिफारिस कार्यदलको बैठक बसेको हो।
तत्कालीन स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाले चिकित्सकको शुल्क निर्धारणका लागि मन्त्रिपरिषदबाट पास गराएका थिए। तर, सो निर्णय कार्यान्वयन हुन सकेको थिएन। शुल्क परिमार्जन नहुँदा चिकित्सक मर्कामा पर्न थालेपछि एनएमएले पटक पटक पुनरवलोकनको माग गर्दै आएको थियो।
एनएमएको पहलपछि हालका लागि चिकित्सकहरूको ओपीडी शुल्क बढ्ने भएको हो। नेपाल मेडिकल काउन्सिलमा दर्ता भई लाइसेन्स प्राप्त एमबीबीएस र बीडीएस, एमडी र एमएस् र एमडीएस, डिएम र फेलोसिप गरेका सम्पूर्ण चिकित्सकहरूको शुल्क वृद्धि हुन लागेको हो। साथै पाँच वर्षे अनुभव पूरा गरेकाहरूको हकमा थप शुल्क हुनेछ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित