डडेल्धुरा अस्पतालका चिकित्सकलाई गोदानले भन्यो, मन्त्रालयमा आएर हाजिर गर्नुस्
काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान)ले डलेल्धुरा अस्पतालमा बुधबार भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति निकालेर गोदानले न्यूनतम सेवा सुविधा र सीमित स्रोत साधनमा गुणस्तरीय उपचारमा समर्पित स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमण भइरहनु दुर्भाग्यपूर्ण भन्दै यसको असर कालान्तरमा विशेषगरी गरिब दुःखी स्थानीय बासिन्दामा पर्ने उल्लेख गरेको छ।
गोदानले सुरक्षाको शतप्रतिशत ग्यारेन्टी नभएसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पनि त्यहाँका चिकित्सकलाई आग्रह गरेको छ।
बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई आक्रमण गरेको जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण