नुवाकोटमा सर्पदंशविरुद्धको खोप अभाव
नुवाकोट : जिल्लामा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम) अभाव भएको छ। सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता छ।
नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्याङ्कका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए। उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन्।
यहाँ औषधि नहुँदा उनीहरुलाई काठमाडौँ पठाउने गरिएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख राममणि घिमिरेले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?