Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नुवाकोटमा सर्पदंशविरुद्धको खोप अभाव

नुवाकोटमा सर्पदंशविरुद्धको खोप अभाव

नुवाकोट : जिल्लामा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम) अभाव भएको छ। सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता छ।

नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्याङ्कका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए। उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन्।

यहाँ औषधि नहुँदा उनीहरुलाई काठमाडौँ पठाउने गरिएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख राममणि घिमिरेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार