Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गजेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइ

गजेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइ

सप्तरी : लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ।

सेवा सञ्चालनका विषयमा औपचारिक जानकारी दिँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामी उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले एकाइ स्थापना गरिएको बताए।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९÷७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकामा उक्त अस्पतालमा गत चैत १२ गतेदेखि सेवा शुरु गरिएको हो।

लक्षित समूहअन्तर्गत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपमा परेका, दुर्घटनामा घाइते भएका, शहीद परिवार, कुपोषित बालबालिका र लोपोन्मुख समुदायले उक्त एकाइमार्फत नियमित तथा विशेषज्ञ सेवा पाउने छन्।

उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार