Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित

बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित

चितवन : सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनयता आन्दोलनमा छन्। कलेजले अनावश्यक शुल्क माग्दै तनाव दिएको भन्दै कलेजविरुद्ध एमबीबीएस पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थी आन्दोलित बनेका हुन्।

कलेजले १२ देखि २५ लाखसम्म बढी शुल्क मागेको विद्यार्थीको आरोप छ। कलेजले भर्ना शुल्क, रजिस्ट्रेसन शुल्क, परीक्षा, इन्टर्नसिप शुल्क, फिल्ड भिजिटलगायत शीर्षकमा बढी शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ।

आन्दोलित विद्यार्थीले कलेजले शुल्क बढी माग्ने मात्रै नभई बुझाएको सबै रकमको रसिदसमेत नदिने गरेको आरोप लगाएका छन्। विरोध गरे कलेजले फेल गराउने लगायतका विभिन्न दिने गरेको उनीहरूको भनाइ छ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले यो विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए। विद्यार्थीलगायत सरोकारवाला पक्षबीच छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार