बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित
चितवन : सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनयता आन्दोलनमा छन्। कलेजले अनावश्यक शुल्क माग्दै तनाव दिएको भन्दै कलेजविरुद्ध एमबीबीएस पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थी आन्दोलित बनेका हुन्।
कलेजले १२ देखि २५ लाखसम्म बढी शुल्क मागेको विद्यार्थीको आरोप छ। कलेजले भर्ना शुल्क, रजिस्ट्रेसन शुल्क, परीक्षा, इन्टर्नसिप शुल्क, फिल्ड भिजिटलगायत शीर्षकमा बढी शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ।
आन्दोलित विद्यार्थीले कलेजले शुल्क बढी माग्ने मात्रै नभई बुझाएको सबै रकमको रसिदसमेत नदिने गरेको आरोप लगाएका छन्। विरोध गरे कलेजले फेल गराउने लगायतका विभिन्न दिने गरेको उनीहरूको भनाइ छ।
कलेजका निर्देशक डा. दयाराम लम्सालले यो विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए। विद्यार्थीलगायत सरोकारवाला पक्षबीच छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने उनको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?