सर्वोच्चले भन्यो, विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयनमा नल्याउनू
काठमाडौं : सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले असार १८ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशन गरेको थियो।
काठमाडौंस्थित भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्र पठाएपछि सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो।
जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै सरकारको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?