Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सर्वोच्चले भन्यो, विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयनमा नल्याउनू

सर्वोच्चले भन्यो, विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयनमा नल्याउनू

काठमाडौं : सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले असार १८ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशन गरेको थियो।

काठमाडौंस्थित भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्र पठाएपछि सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो।

जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै सरकारको यो निर्णयको चौतर्फी विरोध भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार