Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रदूषित पानीले चितवनमा झाडाबान्ताका बिरामी बढे

प्रदूषित पानीले चितवनमा झाडाबान्ताका बिरामी बढे

चितवन : बर्खा लागेसँगै यहाँको भरतपुर अस्पतालमा झाडाबान्ताका बिरामी बढेका छन्। निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढेको छ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक झाडाबान्ताका सात\आठ बिरामी आउन थालेका छन्। प्रदूषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिए।

दूषित पानीका कारण झाडाबान्ता हुने, पेट दुख्ने, ज्वरो आउने र दिसामा रगत देखिने बिरामी बढेका छन्। झाडाबान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उहाँले बताउनुभयो । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्त्व र पानीको मात्रा घटीमिर्गौलामा असर पर्छ भने रक्तचाप कम हुन्छ।

सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन्। यस्तो ज्वरो आउँदा टाउको दुख्छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन्, जसमध्ये सबैभन्दा बढी झाडाबान्ताको भएको उनको भनाइ छ।

बाहिरको पानी प्रदूषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीले सुझाव दिए। नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु हुने उनी बताउँछन्।

३० सेकेण्डसम्म साबुन रहने गरी हात धोएमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने चिकित्सकहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार