Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध तीन रिट

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध तीन रिट

काठमाडौं : भारतलगायत विदेशबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन रिट निवेदन दायर भएको छ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने विषयमा मन्त्रिपरिषद्को यही असार १९ गतेको बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो। सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ।

सरकारको निर्णय र भन्सारमा तत्काल परीक्षण व्यवस्था गर्नु माग गर्दै विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरू प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यका रूपमा गलत भएको उल्लेख छ।

नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हक भएकालेविषादीयुक्त खानाले स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने भन्दै सबै नागरिकको मौलिक हकविरुद्ध सरकारको निर्णय भएको उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार