Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विशेषज्ञ चिकित्सकको भर्नाको विषयमा सर्वोच्चले बोलायो दुबै पक्षलाई छलफलमा

विशेषज्ञ चिकित्सकको भर्नाको विषयमा सर्वोच्चले बोलायो दुबै पक्षलाई छलफलमा

काठमाडौं:  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विशेषज्ञ चिकित्सक अध्ययनको भर्ना प्रकृयाका विषयमा परेको रिटमा छलफलका लागि दुवै पक्षलाइ बोलाइएको छ ।

निवेदकको माग बमोजिम दुबै पक्ष बसेर छलफल गर्नुपर्ने ठहर गर्दै सर्वोच्चले विपक्षी बनाइएको प्रतिष्ठान  एवम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छलफल गर्न आगामी २९ गतेलाइ बोलाएको छ ।

प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन लागि यस वर्ष कानुन विपरित विदेशी विद्यार्थीलाई बढी सिट तोकेको भन्दै डा पुष्पमणी खरालले सर्बोच्चमा रिट दायर गरेका थिए । यसअघि रिटमाथि सुनुवाइ गर्दै तत्काल भर्ना प्रकृया अगाडी नबढाउन अन्तरिम आदेश दिएको थियो ।

विशेषज्ञ चिकित्सकको हकमा कुल सिट मध्ये एक तिहाइ भन्दा बढी विदेशी विद्यार्थीलाई छुट्याउन नपाइने नियम छ । तर प्रतिष्ठानले यस विपिरत सूचना निकालेकाे थियाे।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार