Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीलाई ओम अस्पतालमा उपचार गराउँदा विशेष छुट

नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीलाई ओम अस्पतालमा उपचार गराउँदा विशेष छुट

काठमाडौं:  नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीले ओम अस्पतालबाट उपचारमा विशेष सहुलियत पाउने भएका छन् ।

ओम अस्पताल तथा रिसर्च सेन्टर र नेपाल ग्याँस उद्योग संघबीच सदस्य तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा सोमबार सम्झौता भएको हो ।

समझदारीपत्रमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठक, प्रशासन तथा बित्त निर्देशक दिपेन्द्र पोखरेल तथा एलपी ग्याँस उद्योग संघका तर्फबाट अध्यक्ष, गोकुल भण्डारी,बरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली, महासचिब दिवान चन्द र सचिव श्याम बुढाथोकीले हस्ताक्षर गरेका हुन्।

अस्पताल र संघबीच भएको सहमतिअनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको कन्सल्टेसन, औषधि, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा बिशेष छुट पाउने छन्।

‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा दुईदशक अघिदेखि ओम अस्पतालले बिरामीलाई सेवा दिंदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार