Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२० वर्षभन्दा कम उमेरमै आमा बन्ने बढे

२० वर्षभन्दा कम उमेरमै आमा बन्ने बढे

पाँचथर : जिल्ला अस्पताल पाँचथरमा अचेल दिनहुँजस्तो उमेरै नपुगी आमा बन्नेहरू आउने गरेका छन्। जन्मिएका बच्चा कम तौलका छन् भने उनीहरू त्यति स्वस्थ छैनन् ।

जिल्लाभरको अवस्था हेर्दा ०७५ साउनदेखि ०७६ को चैतसम्म एक हजार ८१६ गर्भवतीमध्ये ५२० जना २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका छन्। जिल्ला जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार यो संख्या अस्पतालमा आएकाको मात्र हो।

चार पटकको गर्भवती जाँचमा एक हजार २८५ जनाको विवरण हेर्दा ५२० जना २० वर्षभन्दा कम उमेरमै गर्भवती भएको पाइएको हो। जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीका अनुसार २० वर्षभन्दा कम उमेरका गर्भवतीमध्ये करिब ६० प्रतिशत महिलामा मनोसामाजिक असर उत्पन्न भएको छ। रगत बढी जाने, कम तौलको बच्चा जन्मिने, पाठेघर खस्ने, अशक्त बच्चा जन्मिनेलगायत समस्या देखिएका छन्।

गर्भनिरोधक साधनबारे राम्रो जानकारी भए पनि ग्रामीण क्षेत्रका २१ प्रतिशतले रोजेको परिवार नियोजनको साधन चाहेका बेला पाउन नसकेका कारण यस्तो समस्या आएको चिकित्सक बताउँछन्।

दम्पतीले परिवार नियोजनको साधन प्रयोग गर्न चाहेको समयमा स्वास्थ्य संस्थामा साधन उपलब्ध नहुनाले पछिल्लो समय यस्तो समस्या देखिएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार