उपचारका क्रममा बालिकाकाे मृत्युपछि अस्पतालमा ताेडफाेड
सर्लाही : उपचारका क्रममा बालिकाको मृत्यु भएपछि लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ।
सर्पले डसेपछि सोमबार उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी छोरी साढे दुई वर्षीया सम्पदाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
राति बालिकाको मृत्युपछि तनावग्रस्त बनेको थियाे। पछि जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरेपछि मध्यरातमा आफन्तले बालिकाकाे शव बुझेका थिए।
नवलपुर सर्पदंश उपचार केन्द्रले हालसालै मात्र भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा ल्याएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?