Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा बालिकाकाे मृत्युपछि अस्पतालमा ताेडफाेड

उपचारका क्रममा बालिकाकाे मृत्युपछि अस्पतालमा ताेडफाेड

सर्लाही : उपचारका क्रममा बालिकाको मृत्यु भएपछि लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ।

सर्पले डसेपछि सोमबार उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी छोरी साढे दुई वर्षीया सम्पदाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

राति बालिकाको मृत्युपछि तनावग्रस्त बनेको थियाे। पछि जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरेपछि मध्यरातमा आफन्तले बालिकाकाे शव बुझेका थिए।

नवलपुर सर्पदंश उपचार केन्द्रले हालसालै मात्र भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा ल्याएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार