Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘जनस्वास्थ्यकाे विषयमा सरकार गम्भीर’

‘जनस्वास्थ्यकाे विषयमा सरकार गम्भीर’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएका विषयमा सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गर्ने बताए। सरकारका प्रवक्तासमेत रहेका उनले नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ पिन लाग्ने बताए।

‘सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुरा हुनसक्छन्। तर जनस्वास्थ्यको विषय व्यापार मात्र होइन’,  उनले भने, ‘दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो। हामी क्रमशः नेपाललाई अर्ग्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार