‘मृत्युका नाममा अस्पतालसँग मोलमोलाइ गर्ने प्रवृत्ति निरुत्साहित गर्नैपर्छ’
उपचारमा लापरवाही गर्ने चिकित्सकलाई पनि कारबाही हुन्छ
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षामा कुनै सम्झौता नगर्ने आश्वासन दिएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी छलफलमा मन्त्री थापाले चिकित्सकको र स्वास्थयसंस्थाको सुरक्षा स्थानीय प्रशासनले गर्ने बताए।
‘उचित रूपमा उपचार हुँदाहुँदै बिरामीलाई केही भए मोलमोलाई गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ’ उनले भने, ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै कारण बिरामीलाई क्षति पुगेको छ। त्यस्तालाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ।’
कार्यक्रममा स्वास्थ्यसम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढेको भन्दै गम्भीरतापूर्वक लिन गृहमन्त्री थापालाई आग्रह गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?