‘स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण बढ्नु चिन्ताको विषय’
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षामा सरकार गम्भीर रहेको बताएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षासम्बन्धी छलफलमा मन्त्री यादवले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढ्नु चिन्ताको विषय भएको बताए।
उनले आक्रमणका घटना बढ्नुको कारण खोज्नुपर्ने धारणा राखे। ‘स्वास्थ्य संस्था र स्थानीय प्रशासनबीच समन्वय बढाए यस्ता घटना न्यूनीकरणहुन्छ’, उनले भने।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?