Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘योग शिक्षा अब प्रत्येक विद्यालयमा’

‘योग शिक्षा अब प्रत्येक विद्यालयमा’

भक्तपुर : शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताएका छन्।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै पोखरेलले विद्यालयहरुमा योग शिक्षा पुर्याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताए। विद्यालय र विद्यार्थी मार्फत योगशिक्षालाई गाउँ गाउँसम्म पुर्याउने उनको भनाइ छ।

‘अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीको पढाई सुरु हुन्छ’, उनले भने, ‘यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भईरहेको छ।’

कार्यक्रममा पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा. चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साकाबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार