Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

झापाको कचनकबलमा सर्पदंश उपचार केन्द्र माग

झापाको कचनकबलमा सर्पदंश उपचार केन्द्र माग

झापा : जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार केन्द्र माग गरेका छन् । सर्पले डसेका बिरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनुपर्ने कचनकबलवासीको माग छ।

गर्मीयाम शुरु भएसँगै झापामा सर्पको बिगबिगी शुरु भइसकेको छ । स्थानीयवासी बनियानी बजारमा उपचार केन्द्र स्थापनाको अभियानमा जुटेका छन् । कचनकबलबाट नजिक भनेको मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्र नै ५० किलोमिटर टाढा पर्छ।

कनकाई र दमकमा रहेको सर्पदंश उपचार केन्द्र त्यो भन्दा टाढा छ । कचनबल–७ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम गुरुङ सरकारले दक्षिण झापाको दुर्गम भेगका लाखौँ नागरिकलाई सर्पको डसाइबाट अकालमा ज्यान जान नदिन बनियानीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने बताउँछनन्।

बनियानी बजारमा चिया पसल सञ्चालन गर्दै आएका उमेश भट्टराईले विगत १५ वर्षदेखि स्थानीयवासीले कचनकबल क्षेत्रमा सर्पदंश उपचारको आवश्यकता औँल्याउँदै आए पनि जनताको मागको सुनुवाइ नभएको गुनासो गरे। स्थानीय युवाले ‘दक्षिण क्षेत्रमा सर्पदंश उपचार केन्द्र चाहियो’ भन्ने भित्तेलेखनसमेत गरेर सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको सर्पदंश उपचार केन्द्र स्थापनाको अभियानकर्मी भट्टराई बताउँछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगरले स्थानीयवासीको माग भए पनि गाउँपालिकासँग साधनस्रोत न्यून भएकाले आफ्नै बलबुतामा सर्पदंश उपचार केन्द्र स्थापना सम्भव नभएकाे बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार