Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रदेश ३ का ३३ प्रतिशत वडा सरकारी स्वास्थ्य संस्थाविहीन

प्रदेश ३ का ३३ प्रतिशत वडा सरकारी स्वास्थ्य संस्थाविहीन

काठमाडौं : संघीय राजधानी रहेको प्रदेश ३ का करिब ३३ प्रतिशत स्थानीय तहका वडाहरू सरकारी स्वास्थ्य संस्थाविहीन रहेको पाइएको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयका योजना अनुगमन तथा नियमन शाखाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि प्रदेशका करिब ३३ प्रतिशत वडा सरकारी स्वास्थ्य संस्थाविहीन रहेको बताएका हुन्।

स्वास्थ्य पत्रकार मञ्च नेपाल र प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाले आइतबार आयोजना गरेको पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा गिरीले ती स्थानमा कार्यक्रम गर्न अप्ठ्यारो भएको बताए।

प्रदेश स्वास्थ्य निर्देशानालय जेठसम्मको नौ महिनाको अवधिमा ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको समेत जनाएको छ। निर्देशनालयले चालु बजेटअन्तर्गत संघीय बजेटबाट आएको आठ करोड ८८ लाख बजेटमा गत जेठ मसान्तसम्म ५२ प्रतिशत प्रगति भएको जानकारी दिएको छ।

प्रदेश सरकारबाट प्राप्त चार करोड रुपैयाँमा ५८ प्रतिशत बढी प्रगति भएको उल्लेख छ। निर्देशनालयलअन्तर्गत आठवटा ठूला अस्पताल तथा १३ वटा स्वास्थ्य कार्यालयहरू रहेको जनाइएको छ।

कार्यक्रममा उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीले गत भदौबाट अस्तित्वमा आएको निर्देशनालयले जनस्वास्थ्यका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको दाबी गरे।

कार्यक्रममा मञ्चका महासचिव रामप्रसाद न्यौपानेले संस्थाका गतिविधि र भावी रणनीतिका बारेमा जानकारी दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार