Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवन कारागारका कैदी बिरामी

चितवन कारागारका कैदी बिरामी

चितवन : चितवन कारागारका बन्दी बिरामी भएका छन्। कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।

कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ । भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले बताए।

भाइरलको संक्रमण चाँडो बढ्न सक्ने देखिएकाले नियन्त्रण गर्न उपचार प्रक्रिया शुरु गरिएको छ।

कारागारमा आकाशे पानी जम्ने भएकाले भाइरलको समस्या देखिने गरेको छ। कारागारमा क्यान्सरका सात, कुष्ठरोगका एक, क्षयरोगका दुई, हेपाटाइटिस ‘बी’का एक, एचआइभी संक्रमित चार, उच्च रक्तचापका ४५ तथा मधुमेहका २० बिरामी छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार