Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तीन महिनाभित्र देश नै ‘खुला दिसामुक्त’

तीन महिनाभित्र देश नै ‘खुला दिसामुक्त’

काठमाडौं : सरकारले आगामी तीन महिनाभित्र सिंगै मुलुकलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ। बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो समयावधि निर्धारण गरेको हो ।

बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ।

अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसकेका गाउँ, नगर, उपमहानगर र नगरपालिकाले आगामी १३ असोजसम्म आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिइएको खानेपानी मन्त्रालयले जनाएको छ। असार १३ गते बसेको बैठकले स्थानीय तहहररूलाई यो अभियानमा सक्रिय गराउने निर्णय गरेको थियो।

१० वर्षे सरसफाइ गुरुयोजना २०६८ ले नेपाललाई सन् २०१७ भित्रै खुला दिसामुक्त बनाउने लक्ष्य लिए पनि सबै स्थानीय तहले घोषणा नगर्दा यो अभियान सफल भएको थिएन। अहिले खुला दिसामुक्त हुन नसकेका स्थानीय तहमा करिब २५ हजार शौचालयको निर्माण र प्रयोग आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार