तीन महिनाभित्र देश नै ‘खुला दिसामुक्त’
काठमाडौं : सरकारले आगामी तीन महिनाभित्र सिंगै मुलुकलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ। बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो समयावधि निर्धारण गरेको हो ।
बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ।
अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसकेका गाउँ, नगर, उपमहानगर र नगरपालिकाले आगामी १३ असोजसम्म आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिइएको खानेपानी मन्त्रालयले जनाएको छ। असार १३ गते बसेको बैठकले स्थानीय तहहररूलाई यो अभियानमा सक्रिय गराउने निर्णय गरेको थियो।
१० वर्षे सरसफाइ गुरुयोजना २०६८ ले नेपाललाई सन् २०१७ भित्रै खुला दिसामुक्त बनाउने लक्ष्य लिए पनि सबै स्थानीय तहले घोषणा नगर्दा यो अभियान सफल भएको थिएन। अहिले खुला दिसामुक्त हुन नसकेका स्थानीय तहमा करिब २५ हजार शौचालयको निर्माण र प्रयोग आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण