Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामी नभएका कर्मचारीले औषधि उपचार भत्ता पाउने व्यवस्था हटाउन माग

बिरामी नभएका कर्मचारीले औषधि उपचार भत्ता पाउने व्यवस्था हटाउन माग

काठमाडौं : सांसदहरूले बिरामी नभएका कर्मचारीले पनि औषधि उपचार भत्ता पाउने व्यवस्था ठिक नभएकाे भन्दै याे व्यवस्था हटाउन माग गरेका छन्।

राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा धेरैजसो सांसदहरुले बिरामी नभएकालाई औषधि उपचार भत्ता दिने व्यवस्था ठीक नभएको धारणा राखेका हुन्।

सांसदहरू पम्फा भुसाल र जनार्दन शर्माले यो व्यवस्था विधेयकबाट हटाउन माग गरे। अर्का सांसद राजकिशोर यादवले बिरामी नहुँदा पनि उपचार खर्च पाउने व्यवस्थालाई ‘चोर बाटो, दलालीकरण, भ्रष्टीकरण’को संज्ञा दिए। सांसदहरू नवराज सिलवाल, छक्कबहादुर लामा, रामकुमारी झाँक्रीलगायतले कर्मचारीहरूलाई प्रोत्साहन गर्न छुट्टै प्याकेज ल्याए पनि बिरामी नहुँदा खर्च दिन नहुने धारणा राखे।

सांसद यशोदा सुवेदीले अवकाश पाइसकेका कर्मचारीलाई चाडपर्व भत्ता दिने कि नदिने भनेजस्तै बिरामी नहुँदा पनि उपचार खर्च पाउने कि नपाउने भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको बताइन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार