मलेसिया जाने कामदारको स्वास्थ्य जाँच्न ९९ संस्था
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा संस्था छनोट भएको जानकारी मलेसियाली सरकारलाई पठाउने भएको छ ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयले ९९ संस्थालाई अनुमति दिएको हाे । यो अनुमतिसँगै कामदार मलेसिया जान रोकिएको पछिल्लो प्रमुख एक कारण टुंगिएको छ । मन्त्रालयका तर्फबाट खटिएको प्राविधिकसहितको विशेषज्ञ टोलीले २९० संस्थामध्ये मापदण्ड पूरा गरेकालाई मान्यता दिएको हो ।
मेडिकल छनोट पनि कामदार पठाउने एउटा प्रमुख आधार भएकाले मलेसिया सरकारले तोकेको मापदण्डअनुसार नेपाल सरकारले छनोट गरेका स्वास्थ्य संस्थाबारे मलेसिया सरकारले निर्णय दिन लागेको हो।
श्रममन्त्रीस्तरीय निर्णयअनुसार असार १९ गते स्वास्थ्य संस्था छनोट भएको निर्णय शुक्रबार सार्वजनिक भएको थियो। पहिला मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल सूचीकरण भएपछि सिन्डिकेट भन्दै अरू स्वास्थ्य व्यवसायीले विरोध गरेका थिए ।
मन्त्रालयले चैत १८ गते सूचना संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । हालको सूचीकरणमा ती ३७ मध्ये ३६ संस्था मादपण्डमा परेका छन् । मापदण्डमा १३८ संस्था परेका छैनन्, यसमध्ये पहिल्यै मापदण्ड पूरा नभएका ५३ संस्था थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण