Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मलेसिया जाने कामदारको स्वास्थ्य जाँच्न ९९ संस्था

मलेसिया जाने कामदारको स्वास्थ्य जाँच्न ९९ संस्था

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा संस्था छनोट भएको जानकारी मलेसियाली सरकारलाई पठाउने भएको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयले ९९ संस्थालाई अनुमति दिएको हाे । यो अनुमतिसँगै कामदार मलेसिया जान रोकिएको पछिल्लो प्रमुख एक कारण टुंगिएको छ । मन्त्रालयका तर्फबाट खटिएको प्राविधिकसहितको विशेषज्ञ टोलीले २९० संस्थामध्ये मापदण्ड पूरा गरेकालाई मान्यता दिएको हो ।

मेडिकल छनोट पनि कामदार पठाउने एउटा प्रमुख आधार भएकाले मलेसिया सरकारले तोकेको मापदण्डअनुसार नेपाल सरकारले छनोट गरेका स्वास्थ्य संस्थाबारे मलेसिया सरकारले निर्णय दिन लागेको हो।

श्रममन्त्रीस्तरीय निर्णयअनुसार असार १९ गते स्वास्थ्य संस्था छनोट भएको निर्णय शुक्रबार सार्वजनिक भएको थियो। पहिला मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल सूचीकरण भएपछि सिन्डिकेट भन्दै अरू स्वास्थ्य व्यवसायीले विरोध गरेका थिए ।

मन्त्रालयले चैत १८ गते सूचना संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । हालको सूचीकरणमा ती ३७ मध्ये ३६ संस्था मादपण्डमा परेका छन् । मापदण्डमा १३८ संस्था परेका छैनन्, यसमध्ये पहिल्यै मापदण्ड पूरा नभएका ५३ संस्था थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार