Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मकवानपुरका विपन्न चेपाङकाे स्वास्थ्य बिमा

मकवानपुरका विपन्न चेपाङकाे स्वास्थ्य बिमा

हेटौँडा : गरिबीका कारण स्वास्थ्य उपचारबाट बञ्चित भीमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बिमा गरिएको छ। गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।

गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरूको स्वास्थ्य बिमा गरिदिएको हो। बिमा भदौबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

बिमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बिमा कार्ड हस्तान्तरण गरेको छ। गाउँपालिका वडानम्बर(२ कार्यालयबाट बिमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले परिचयपत्र वितरण गरेका हुन्।

स्वयंसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङ्क संकलन गरी बिमा गरिएको कार्यालयले जनाएको छ। संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार