मकवानपुरका विपन्न चेपाङकाे स्वास्थ्य बिमा
हेटौँडा : गरिबीका कारण स्वास्थ्य उपचारबाट बञ्चित भीमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बिमा गरिएको छ। गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।
गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरूको स्वास्थ्य बिमा गरिदिएको हो। बिमा भदौबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।
बिमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बिमा कार्ड हस्तान्तरण गरेको छ। गाउँपालिका वडानम्बर(२ कार्यालयबाट बिमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवर, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले परिचयपत्र वितरण गरेका हुन्।
स्वयंसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङ्क संकलन गरी बिमा गरिएको कार्यालयले जनाएको छ। संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण