Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य संस्थामा प्रसूति गराए सुत्केरीलाई घिउ र कुखुरा

स्वास्थ्य संस्थामा प्रसूति गराए सुत्केरीलाई घिउ र कुखुरा

पर्वत : महाशिला गाउँपालिकाले ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ। स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रोत्साहन गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरिएको हो।

कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका कुनै पनि महिला स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएमा गाउँपालिकाका प्रमुख उपहार बोकेर भेट्न जानेछन् र आमालाई दुई हजार रुपैयाँ बराबरको घिउ र कुखुरा प्रदान गर्नेछन्। गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिएअनुसार केही वर्ष अघिसम्म घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन थियो।

जनप्रतिनिधि आएपछि अन्य चार वडामा पनि गाउँपालिकाले नै बर्थिङ सेन्टर स्थापना गरिसकेको छ। गाउँपालिकाभित्र वार्षिक सरदर ८० जना सुत्केरी हुने गरेको र ती सबै बच्चाहरू स्वास्थ्य संस्थामा नै जन्मिने गरेको गाउँपालिकाको तथ्याङ्क छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार