स्वास्थ्य संस्थामा प्रसूति गराए सुत्केरीलाई घिउ र कुखुरा
पर्वत : महाशिला गाउँपालिकाले ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ। स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रोत्साहन गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरिएको हो।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका कुनै पनि महिला स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएमा गाउँपालिकाका प्रमुख उपहार बोकेर भेट्न जानेछन् र आमालाई दुई हजार रुपैयाँ बराबरको घिउ र कुखुरा प्रदान गर्नेछन्। गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिएअनुसार केही वर्ष अघिसम्म घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन थियो।
जनप्रतिनिधि आएपछि अन्य चार वडामा पनि गाउँपालिकाले नै बर्थिङ सेन्टर स्थापना गरिसकेको छ। गाउँपालिकाभित्र वार्षिक सरदर ८० जना सुत्केरी हुने गरेको र ती सबै बच्चाहरू स्वास्थ्य संस्थामा नै जन्मिने गरेको गाउँपालिकाको तथ्याङ्क छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य