‘मिर्गाैला जाेगाउन सानैदेखि सचेत बनाैँ’
रामेछाप : मिर्गाैलाराेग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले मिर्गौला बचाउन सानै उमेरदेखि खानपान र जीवनयापनमा ध्यान दिनुपर्ने बताएका छन्।
मन्थली नगरपालिका ४ सालुस्थित सेतीदेवी उच्च माध्यमिक विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा डा. काफ्लेले मिर्गौलारोगबाट बच्ने उपायबारे जानकारी गरएका हुन्।
२०७५ को एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र रोशन श्रेष्ठ र छात्रा भगवती मोक्तानलाई कार्यक्रममा नगद र पदक सहित मालश्री अवार्ड प्रदान गरियाे। एसईई उत्तीर्ण अन्य ३४ विद्यार्थीले पनि विभिन्न शैक्षिक सामग्री प्राप्त गरे। यस्तै कक्षा ११ र १२ का २१ विद्यार्थीहरुलाई पाँच हजारका दरले छात्रवृति रकम प्रदान गरियो।
कार्यक्रममा ट्रस्टकी अध्यक्ष श्रीमती निलिमा काफ्लेले विद्यार्थीहरुलाई अध्ययनमा उत्साह जगाउने उद्देश्यले ६ वर्षदेखि कार्यक्रम गरिएको बताइन्।
ट्रस्टका सदस्य तथा ‘मिर्गौला बचाऔँ’ अभियानका संस्थापक अभियन्तासमेत रहेका डा. काफ्लेले विद्यालय नजिक सालु, ढुंगेछापमा जनरल स्वास्थ्य क्लिनिक सञ्चालन सुरुवात गरेकाे जानकारी दिए। त्यसबाट लाभ लिन विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उनले अनुरोध गरे।
रामेछापको सालुमा जन्मेर कक्षा ५ सम्म सोही स्कुलमा पढेकी काफ्लेद्वयकी छोरी मालश्री काफ्लेको स्मृतिमा ट्रस्ट खोलिएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?