Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बीपी प्रतिष्ठानमा भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश

बीपी प्रतिष्ठानमा भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्न\नगराउन अन्तरिम आदेश दिएको हो।

प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन ‘पीजी’को लागि यो वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल भण्डारी र डा. पुष्पमणि खरालले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले सो आदेश दिएको हो।

प्रतिष्ठानले गत असार ७ गते आगामी शैक्षिक सत्र २०७५\७६ को एमडी, एमएस, एमडीएसलगायतका चिकित्सा शिक्षा अध्ययनको पीजी तहमा नेपालीभन्दा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको सूचना प्रकाशित भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार