Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरसम्बन्धी भ्रम हटाउन विज्ञहरू जुटे छलफलमा

क्यान्सरसम्बन्धी भ्रम हटाउन विज्ञहरू जुटे छलफलमा

क्यान्सर सम्बन्धी भ्रम हटाउनका लागि क्यान्सर रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा भएकाे सम्मेलनमा पहिलो दिन पत्रकार सम्मेलन गरी क्यान्सर सम्बन्धी समाजमा रहेका भ्रम र अन्धविश्वासकाबारेमा छलफल एवम अन्तरक्रिया भएको छ । छलफल कार्यक्रममा क्यान्सररोगमा अनेक थरीका भ्रम रहेको भन्दै सो भ्रम चिर्नका लागि नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरुसँग छलफल गरिएको वरिष्ठ  मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठले बताए । क्यान्सरमा रहेका भ्रमबारे नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरुसँग डा श्रेष्ठले प्रश्न राखेका थिए भने उनीहरुले त्यसको जवाफ दिएका थिए ।

भ्रम नं १ : क्यान्सर सरुवा रोग हो ?
विशेषज्ञ  : क्यान्सर सरुवा रोग होइन । यो नसर्ने रोगमा पर्छ । कुनै पनि क्यान्सर एक ब्यक्तिबाट अर्कोमा सर्दैन । सँगै बस्दैमा, जुठो खाँदैमा श्रीमान श्रीमतीबीचको शारीरिक सम्पर्कबाट क्यान्सर सर्दैन ।

भ्रम नं २ : परिवारमा कसैलाई छ भने अर्को ब्यक्तिलाई पनि हुन्छ ?
विशेषज्ञ:  परिवारमा कसैलाई क्यान्सर लागेको छ भने अर्को ब्यक्तिलाई हुन्छ भन्ने हुँदैन । तर परिवारमा धेरै जनालाई क्यान्सर छ साथै एकै ब्यक्तिलाई धेरै प्रकारको क्यान्सर छ भने त्यस्तो परिवारमा भने क्यान्सर हुने सम्भावना हुन्छ ।

भ्रम नं ३ : क्यान्सर निको हुँदैन ?
विशेषज्ञ: क्यान्सर निको हुने रोग हो । शुरुकै अवस्थामा पत्ता लागेमा लगभग सबै प्रकारका क्यान्सर निको हुन्छन्। उच्च रक्तचाप, मधुमेह जस्ता रोग एकपटक लागेपछि कहिल्यै निको हुँदैन तर यो निको हुने रोगमा पर्छ । तर शुरूकै अवस्थामा उपचारमा अाउन जरूरी हुन्छ ।

भ्रम नं ४ : खानेकुराको कारणले क्यान्सर हुनसक्छ ?
विशेषज्ञ:  क्यान्सर खानेकुरासँग सम्बन्धित छैन । धेरैले क्यान्सरमा गुलियो खान हुँदैन । विभिन्न खानेकुरा खाएर क्यान्सर भएको भन्ने भ्रम छ तर त्यस्तो केही हुँदैन । क्यान्सरको उपचारमा पोषणविदसँग सल्लाह गरेर सन्तुलित खाना खानुपर्छ । कुनै पनि खानाले क्यान्सर गरेकाे तथ्य छैन्।

भ्रम नं ५ : पलाष्टिकका भाँडामा खाना खाँदा क्यान्सर हुन्छ ?
विशेषज्ञ:  प्लाष्टिकका भाँडमा खाना खाँदैमा क्यान्सर हुने होइन । पलाष्टिकका भाँडा ओभनमा राखेर पग्लिने गरी तताउन भने हुँदैन ।

भ्रम नं ६ जमराको जुसले क्यान्सर निको हुन्छ ?
विशेषज्ञ:  क्यान्सर जमराको जुसले निको हुँदैन । यसको उपचार पद्धति छ त्यसमा जानैपर्छ । जमराको जुस खाएका धेरैमा फंगल इन्फेक्सन हुने गरेको छ । त्यसैले उपचार गर्नु जरुरी छ ।

भ्रम नं ७: माेबाइल बढी चलाएमा क्यान्सर गराउँछ ?

विशेषज्ञ: माेबाइल र क्यान्सरकाे कुनै सम्बन्ध नै छैन्। माेबाइल बढी चलाएमा क्यान्सर हुन्छ भन्रे भ्रम मात्र हाे ।

भ्रम नं ८ :याेगा ब्यायामले क्यान्सर निकाे हुन्छ ।

विशेषज्ञ:  याेगा ब्यायाम सबैले गरे हुन्छ । तर यसले क्यान्सर निकाे पार्ने होइन । यसका लागि औषधि उपचार नै गर्नुपर्छ । तर यो सँगै योगा ब्यायाम गर्दा अझ बढी सजिलो महशुस हुन्छ बिरामीलाई । त्यसैले उपचार छोडेर योगा गर्ने हैन । उपचार जारी राख्दै योगा ध्यान गर्न सकिन्छ ।

कार्यक्रममा यी र यस्तै भ्रमबारे छलफल भएको थियो । छलफलमा नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरुको सहभागिता थियो । सम्मेलन भोलिसम्म हुनेछ । शनिबार इम्युनो अंकोलाजीकोबारेमा छलफल हुने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार