Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कैदीमा छालासम्बन्धी रोग

कैदीमा छालासम्बन्धी  रोग

तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दीमा छालासम्बन्धी रोग देखापरेको छ। १३९ कैदीबन्दीमध्ये १०\१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो।

एक महिनाअघि पनि २०\२५ जनामा छालासम्बन्धी समस्या देखिएका कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताए। कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ। त्यहाँ पनि उपचार हुन नसकेका केही कैदीबन्दीलाई पोखरासम्म पठाउने गरेको उनले जानकारी दिए।”

केही कैदीबन्दीमा टाउको दुख्ने, रिंगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ। ३५ जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताए। ठाउँ अभावका कारण आठ महिनाको अवधिमा १९ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उनको भनाइ छ।

कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन्। गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा राति सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले गुनासो गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार