कैदीमा छालासम्बन्धी रोग
तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दीमा छालासम्बन्धी रोग देखापरेको छ। १३९ कैदीबन्दीमध्ये १०\१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो।
एक महिनाअघि पनि २०\२५ जनामा छालासम्बन्धी समस्या देखिएका कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताए। कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ। त्यहाँ पनि उपचार हुन नसकेका केही कैदीबन्दीलाई पोखरासम्म पठाउने गरेको उनले जानकारी दिए।”
केही कैदीबन्दीमा टाउको दुख्ने, रिंगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ। ३५ जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताए। ठाउँ अभावका कारण आठ महिनाको अवधिमा १९ कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उनको भनाइ छ।
कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन्। गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा राति सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले गुनासो गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?