मोतियाविन्दु भएका ८३१ जनाकाे आँखाको शल्यक्रिया
दाङ : तुलसीपुरका मोतियाविन्दु भएका ८३१ जनाकाे निःशुल्क शल्यक्रिया गरिएकाे छ। स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा बिरामीको निःशुल्क शल्यक्रिया गरिएकाे हाे।
रकम अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिएको संघका सभापति कृष्णकुमार गिरीले जानकारी दिए।
चालू आर्थिक वर्षमा जिल्लाका १० स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उज्यालो संसार कार्यक्रमअन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?