Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जनता बैंकका ग्राहक–कर्मचारीलाई ओम अस्पतालमा सहुलियत

जनता बैंकका ग्राहक–कर्मचारीलाई ओम अस्पतालमा सहुलियत

काठमाडौं : जनता बैंकका ग्राहक तथा कर्मचारीले ओम अस्पतालबाट उपचारमा सहुलियत पाउने भएका छन्।

ओम अस्पताल तथा रिसर्च सेन्टर र जनता बैंकबीच ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा बिहीबार सम्झौता भएको हो।

साझेदारीपत्रमा ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की तथा सञ्चालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरिप्रसाद पाठकले हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा बैंकका प्रबन्धकहरू सुरेश गौतम र महेन्द्र खतिवडाले पनि हस्ताक्षर गरे।

अस्पताल र बैंकबीच भएको सहमतिअनुसार बैंकका ग्राहक तथा कर्मचारीहररूले चिकित्सकसँगको कन्सल्टेसन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा १० प्रतिशत छुट पाउनेछन्।

बैंकका ग्राहक तथा कर्मचारीहरूले जनता बैंकको भिसा डेबिट कार्ड ‘स्वाइप’ गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ।

‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा लामो समयदेखि समर्पित ओम अस्पताल तथा रिसर्च सेन्टरले सुलभ मूल्यमा स्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार