सौन्दर्य सामग्रीमा हानिकारक रसायन मिसाए तीन महिना कैद
काठमाडौ : सरकारले कस्मेटिकमा उच्च रसायन मिसावट गरी बिक्री गर्ने लाई नगद जरिवानसहित कैद व्यवस्था हुने कानुन तयार पारेको छ।
महिलाले प्रयोग गर्ने सौन्दर्य सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक भेटिएपछि सरकारले मापदण्ड तयार पारेको हो। मिसावट गर्नेलाई ५ हजार आर्थिक जरिवानासहित तीन महिना कैद सजाय हुनेछ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको अध्यक्षतामा बुधबार बसेको नेपाल गुणस्तर परिषद्को बैठकले कस्मेटिकसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पहिलो चरणमा लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड स्वीकृत भएको छ।
यसअघि विभागले करिब ६६ ब्रान्डका सौन्दर्य सामग्रीको ल्याब परीक्षण गरेको थियो। नेपालको मापदण्ड नभएपछि राष्ट्रिय गुणस्तर नभएकाले परीक्षणका लागि भारत, अमेरिकाको यूएसएफडीए र विश्व स्वास्थ्य संगठन को मापदण्डलाई आधार बनाइएको थियो। परीक्षणका क्रममा तिनमा अत्यधिक मात्रामा रसायन रहेको पाइएको थियो।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य