अष्ट्रेलियामा धूमपानले हरेक दिन लिन्छ १७ जनाकाे ज्यान
अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयाघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ।
अष्ट्रेलियाली नेसनल युनिभर्सिटी (एएनयू) ले गरेको गहिरो अध्ययनले धूमपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको हो।
धूमपानका कारण रक्तवाहिनी नलीसम्बन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो।
अध्ययन टोलीले एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धूमपान नगर्ने भन्दा गर्नेहरूमा ३६ प्रकारका फरक रोग देखिएको जनाएको छ।
हरेक वर्ष रक्तबाहिनी सम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धूमपानका कारण हुने गरेको अध्ययनले उल्लेख गरेको छ ।
अध्ययनका क्रममा मुटुसम्बन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।
अष्ट्रेलियामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले जानकारी दिए।
उनीहरूमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच ओटा चुरोट पिउने गरेका पनि सो अनुसन्धानमा बताएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य