नयाँ स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण
काभ्रेपलाञ्चोक : चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित २०७२ को भूकम्पले क्षति पुर्याएको स्वास्थ्यचौकी भवन निर्माण कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ।
स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो।
भवन बुधबार नेपाल सरकार प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदूत श्रीमती एलिजावेथ भोन कपेलरले उद्घाटन गरी व्यवस्थापन समितिलाई हस्तारण गरिएको हो।
भूकम्पले क्षति पुगी निर्माण भएको स्वास्थ्यचौकी भवन एक करोड ४० लाख रुपैयाँमा निर्माण भएको हो। ६ कोठाको दुईतले भवनमा प्रसूति सेवासमेत दिने गरी त्यसका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराइएकाे छ। पानी र फोहर व्यवस्थापन स्वास्थ्यचौकी परिसरभित्र हुने खालको सुविधासहितको भवन निर्माण गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित