मिर्गौलाराेगीद्वारा सहयाेगकाे याचना
गलकोट : दुवै मिर्गौला ‘फेल’ भई तीन महिनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले सहयोगको याचना गरेका छन्। ३७ वर्षीय श्रीषले तीन वर्षदेखि औषधि घरको जायजेथा सकिएको भनदे उनले सहयोगको याचना गरेका हुन्।
तीन वर्षअघिदेखि दुवै मिर्गौला फेल भएका श्रीष औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस गराउँदै आएका छन्। उनको उपचारमा हालसम्म नौ लाख खर्च भइसकेको परिवारले जनाएको छ।
सरकारको सिफारिसमा उपचार गराउँदासमेत एकपटक डायलासिस गर्दा नौ हजार ५०० रूपैयाँ खर्च लाग्ने परिवारले जनाएको छ। श्रीष सात वर्ष दुबईमा काम गरी बिरामी भएर नेपाल फर्किएका थिए।
हाल पोखरास्थित लेकसिटी अस्पतालमा तीन महीनादेखि डाइलासिस गर्दै आएको बहिनी मनकुमारीले जानकारी दिइन्। सबैले थोरै धेरै आर्थिक सहयोग गरे श्रीमानले पुनर्जन्म पाउने श्रीमती प्रमिलाले बताइन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित